भारतीय विदेशसचिव मिश्री आज नेपाल आउँदै

भारतीय विदेशसचिव मिश्री आज नेपाल आउँदै

केन्द्रबिन्दु
168
Shares

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि आज नेपाल आउने भएका छन् । परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतका विदेशसचिवले नेपालका उच्चपदस्थ व्यक्तिसँग पनि भेट गर्ने कार्यक्रम छ ।

मिस्री चीन मामिलाको जानकार मानिन्छन् । उनले भारतका प्रधानमन्त्री इन्द्रकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवालयमा समेत काम गरिसकेका छन् ।

Logo