भारतीय विदेश सचिवले नेपालमा के-के गर्ने छन् ?

भारतीय विदेश सचिवले नेपालमा के-के गर्ने छन् ?

केन्द्रबिन्दु
560
Shares

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । उनले आज राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र सचिवलगायतसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उनले नेपालस्थित भारतीय राजदूतावासका कर्मचारीसँग छलफल गर्ने कार्यक्रम छ । त्यसपछि दुई बजे राष्ट्रपति रामचन्द्र पौडेल र तीन बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यतालिका छ ।

यस्तै उनले आजै उपप्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंहलाई भेट्ने तथा रात्रिभोजमा सहभागी भएर सोमबार बिहान परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर साँझ भारत फर्किने कार्यक्रम रहेको छ ।

Logo