परराष्ट्रमन्त्री राणाले भारतीय विदेशमन्त्री र प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै, बेलुकी दूतावासमा रात्रिभोज

परराष्ट्रमन्त्री राणाले भारतीय विदेशमन्त्री र प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै, बेलुकी दूतावासमा रात्रिभोज

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार भारतीय समकक्षी एस जयशंकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएकी छिन् ।

भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाको यो पहिलो भ्रमण हो । देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आइतबार बेलुकी नेपाली दूतावास बाह्रखम्बामा रात्रिभोज समेत आयोजना गरेका छन् ।

Logo