राष्ट्रियसभामा थामेको भेलबाढीबारे चर्चाः अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने सांसदको सुझाव

राष्ट्रियसभामा थामेको भेलबाढीबारे चर्चाः अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने सांसदको सुझाव

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदहरूले सोलुखुम्बुको थामेमा भेलबाढी आएको दाबी गर्दै नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताएका छन् । सांसद सोनाम गेल्जेन शेर्पाले नेपालमा जलवायु परिवर्तनको असर बढिरहेको भन्दै सरकारले अन्तर्राष्ट्रिय मञ्चमा यसबारे क्षतिपूर्ति माग्नुपर्ने बताएका हुन् ।

शेर्पाले नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिन थालेको बताएका छन् । उनले जलवायु परिवर्तनसम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा बलियोसँग कुरा गर्नुपर्नेमा जोड दिए । यस्तै, सांसद जयन्तीदेवी राईले थामेका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेमा जोड दिइन् ।

सांसद गोपीबहादुर सार्की अछामीले जोखिममा रहेका हिमतालको अध्ययन गरेर सतर्कता अपनाउन सरकारलाई सुझाव दिएका छन् ।

Logo