‘यो गठबन्धन पूरा अवधि जान्छ, आशंका नगरी काम गरौँ’

‘यो गठबन्धन पूरा अवधि जान्छ, आशंका नगरी काम गरौँ’

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । शनिबार साँझ पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई रात्रिभोजको आयोजना गरिएको थियो । रात्रिभोजसहितको परामर्शमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका विषयमा आशंका नगर्न मन्त्रीहरूलाई आश्वस्त तुल्याएका छन् ।

देउवाले गठबन्धनका विषयमा आशंका नगरी काम गर्न मन्त्रीलाई निर्देशनसमेत दिएका छन् । उनले यो गठबन्धन पूरा अवधि जाने बताएका छन् ।

कांग्रेसबाट मन्त्री हुनेमा उपप्रधानसहित सहरी विकास प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाही छन् । दुई राज्यमन्त्रीमा रूपा विक र पूर्णबहादुर तामाङ छन् ।

Logo