उपराष्ट्रपतिद्वारा रक्षाबन्धनको शुभकामना

उपराष्ट्रपतिद्वारा रक्षाबन्धनको शुभकामना

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले परापूर्व कालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी), गुँःपुन्हिको उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।

“यो पर्व भूगोल, क्षेत्र र समुदायगत रुपमा फरक–फरक नामले मनाइए पनि यसको उद्देश्य पारस्परिक भ्रातृत्वभाव, प्रेमभाव, स्नेहभाव, सौहार्दभाव, अपनत्वभाव र सहयोग भाव उत्प्रेरित गर्नु नै हो”, उपराष्ट्रपतिको सन्देशमा भनिएको छ ।

उनले तराई–मधेसमा मधेसीलगायतका समुदायले रक्षाबन्धनलाई राखी त्योहारका रूपमा मनाउने गरेको उल्लेख गरे । साथै मधेसी संस्कृतिमा भाइ–बहिनीको अमर प्रेमको प्रतीकका रुपमा मनाइने पर्वहरूमा राखी, भैयादूज (भ्रातृद्वितीया)लगायत रहेको उनले शुभकामना सन्देशमा भनेका छन् ।

लोकपर्वकै रूपमा स्थापित राखी पर्वमा दिदीबहिनीले दाजुभाइलाई नाडीमा रक्षासूत्र (रिखीडोरो)वा राखी बाँध्ने र त्यसो गर्नुको मूल उद्देश्य भाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको कामना गर्नु तथा दिदीबहिनीको रक्षा गर्नु रहेको उनको भनाइ छ ।

Logo