बेलायत हिँडे राप्रपा अध्यक्ष लिङ्देन

बेलायत हिँडे राप्रपा अध्यक्ष लिङ्देन

केन्द्रबिन्दु
644
Shares

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन शुक्रबार राति बेलायत प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस युकेको निमन्त्रणामा युकेमा हुने विविध कार्यक्रममा सहभागी हुन उनी बेलायत प्रस्थान गरेका हुन् ।

अध्यक्ष लिङ्देनले विभिन्न नेपाली संघसंस्थाद्वारा आयोजना हुने स्वागत तथा नेपाली समुदायसँग हुने छलफलमा सहभागी हुनुका साथै लन्डन र स्कटल्याण्डमा पानस युकेको आयोजनामा हुने छलफल र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

धर्मपत्नी सीता थापा लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजंग कार्की अध्यक्ष लिङ्देनको भ्रमण टोलीमा सहभागी छन् । अध्यक्ष लिङ्देन असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Logo