साहित्यमार्फत समाजमा हुनुपर्ने परिवर्तन अझै अधुरो छः सभामुख घिमिरे

साहित्यमार्फत समाजमा हुनुपर्ने परिवर्तन अझै अधुरो छः सभामुख घिमिरे

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले साहित्यमार्फत समाजमा हुनुपर्ने परिवर्तन अझै अधुरो रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोहमा उनले साहित्यकै माध्यमबाट समाजमा चेतनाको विकास भएपनि हुनुपर्ने आवश्यक परिवर्तनहरु अझै नभएको बताए ।

उनले भने, ‘साहित्यकै माध्यमबाट समाजमा चेतना, उत्साह भर्ने धेरै कामहरु भए । तर समाज परिवर्तन गरिसकेपछि साहित्यले गर्नुपर्ने कामहरु के हो, अहिलेका युवा, महिलाहरुको कर्तव्य के हो र त्यो कसरी गर्न सकिन्छ । समाज र साहित्य, राजनीतिप्रतिको दायित्व के हो भन्नेबारे गम्भीर समिक्षा गर्नुपर्ने देखिन्छ । यस्ता कुराहरुमा साहित्य जे काम गर्नुपर्ने थियो अझै अधुरो छ । त्यसले अझै दिशा निर्देश गर्न सकिरहेको छैन् ।’

यसका साथै, उनले साहित्यले समाजको सेवा गर्ने र साहित्यको माध्यमबाट चेतना र उत्साह भर्ने काममा योगदान गर्न जरुरी रहेको बताए ।

Logo