धनराज गुरुङ दोषी देखिए जेल जानुहुन्छः विश्वप्रकाश शर्मा

धनराज गुरुङ दोषी देखिए जेल जानुहुन्छः विश्वप्रकाश शर्मा

केन्द्रबिन्दु
602
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ दल भन्दा पनि नयाँ प्रवृत्ति हुनु आवश्यक रहेको बताएका छन् ।

शनिबार कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सहकारी ठगी प्रकरणमा नयाँ दलका अध्यक्ष आरोपी भएर पनि बचाउन खोजिएको बताएका हुन् ।

उनले नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको आरोप लाग्दा पनि दलकाहरुले हाम्रो अध्यक्षमाथी छानविन गर्न हुँदैन भनिरहँदा त्यो दल कतिको सक्षम होला भन्दै प्रश्न उठाए । उनले पुरानो दल कांग्रेसका उपसभापति धनराज गुरुङमाथी पनि सहकारी ठगीको आरोप लागेकाले छानविन गर्नुपर्ने बताए ।

उनले भने, ‘नयाँ दल भनेर हुँदैन नयाँ प्रवृत्ति हुनुपर्छ, नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको आरोप लाग्यो तर त्यो दलकाहरुले हाम्रो अध्यक्षमाथी छानविन गर्न पाईंदैन भनेर भन्यो । पुरानो दलको उपसभापति धनराज गुरुङलाई सहकारी ठगीको आरोप लाग्यो, उहाँ आफैंले संसदमा उभिएर म माथी छानविन गर्नुस् भनेर भन्नुभयो । नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको आरोप लाग्दैगर्दा उनीहरु भन्छन् छानविन गर्न मिल्दैन तर हामी भन्छौं उहाँमाथि छानविन हुनुपर्छ । उहाँमाथि छानबिन सुरु भएको छ । त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस लाग्दैन । सीआईबीले छानबिन गरिरहेको छ । धनराज गुरुङ छानविन गर्दा निर्दोष देखिनुहुन्छ, माला लगाएर कांग्रेसको नेतृत्व गर्नुहुन्छ । दोषी देखिनुहुन्छ, जेल जानुहुन्छ ।’

Logo