परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबीच क्यानाडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ ।

सो भेटवार्ताका क्रममा नेपाल रोमानिया सम्बन्ध तथा दुई देशबीचको आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।

क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा राणा हाल क्यानाडा छिन् ।

सो भेटवार्ताका क्रममा नेपालका हाइड्रोपावरलगायत विभिन्न क्षेत्रमा लगानीका लागि मन्त्री डा राणाले उनीमार्फत् रोमानियाली सरकार र त्यहाँका लगानीकर्ताहरूलाई आग्रह गरेकी थिइन् ।

वार्तामा रोमानियाली विदेशमन्त्री लुमिनिताले नेपालमा जलस्रोत व्यवस्थापन, पर्यटन र शिक्षाका क्षेत्रमा काम गर्न सकिने गरी चासो देखाएका थिए । त्यस्तै दुई देशबीचको द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा पनि सो भेटका क्रममा कुराकानी भएको थियो ।

Logo