स्वदेश फिर्ता भइन् उपसभामुख राना

स्वदेश फिर्ता भइन् उपसभामुख राना

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना रुसी महासङ्घको पाँचदिने औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किएकी छिन् ।

रुसको सेन्टपिर्टसवर्ग सहरमा भएको चौथो युरेसियन महिला फोरममा सहभागी भएर उनी साँझ स्वदेश फर्किएकी हुन् ।

रुसी महासङ्घ र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा यही असोज २ देखि असोज ४ गतेसम्म चौथो युरेसियन महिला फोरम सञ्चालन भएको थियो । उपसभामुख रानाले उक्त फोरमलाई असोज २ गते सम्बोधन गरेकी थिइन् ।

सम्बोधनका क्रममा उपसभामुख रानाले महिला तथा बालबालिकाको अधिकार उपभोगमा देखिएका चुनौती तथा प्रविधिको प्रयोगबाट आएका विकृति रोक्ने विषयमा आफ्ना धारणा राखेकी थिइन् । फोरममा सहभागी हुन उनी असोज १ गते त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।

Logo