आज तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।

बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ ।

बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारबाहीका विषयमा छलफल हुनेछ । सोही समयमा सुरु हुने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुनेछ ।

त्यसैगरी बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

Logo