कार्यवाहक प्रधानमन्त्री सिंहले ‘साहसी युवा’ चणिकलाल तामाङलाई गरे सम्मान

कार्यवाहक प्रधानमन्त्री सिंहले ‘साहसी युवा’ चणिकलाल तामाङलाई गरे सम्मान

केन्द्रबिन्दु
238
Shares

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङको साहसको प्रशंसा गर्दै सम्मान गरेका छन् ।

सोमबार सहरी विकास मन्त्रालयमा बाेलाएर कार्यवाहक प्रधानमन्त्री सिंहले तामाङलाई सम्मान गरेका हुन् ।

तामाङले हिजो शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए ।

खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गरेका थिए । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफैं पौडेर उत्रिएका थिए , भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ ।

Logo