विरोधका लागि विरोध नगरौं, सरकारले सकेसम्म गरेको छ -प्रधानमन्त्री ओली

विरोधका लागि विरोध नगरौं, सरकारले सकेसम्म गरेको छ -प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
672
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को घडीमा सक्दो सहयोग र राहत पुर्‍याउने कार्यमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज अपरान्ह स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले बाढी आउने कुरालाई रोक्न नसकिने र सरकारले आफ्नो बुताअनुसार गरेको र अझै गर्ने बताएका हुन् । उनले आफू बाहिर हुँदा पनि घटनाबारे जानकारी लिइ आवश्यक निर्देशन समेत दिएको स्पष्ट पारे ।

‘बाढी र पहिरो आउने कुरा पूर्वसूचना गरेर जाँदैन । गएपछि क्षति पुर्‍याउने नै हो । मैले बाहिर हुँदा पनि जानकारी लिएको छु । सरकारले आफ्नो बुताअनुसार गरेको छ । यस विपद्को घडीमा सक्दो सहयोग र राहत पुर्‍याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।’ उनले भने । यो विरोध गर्ने समय नभएको पनि उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंहले स्वागत गरेका थिए । त्यस अवसरमा मन्त्रीगण, सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत थिए । सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन यही असोज ४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका थिए । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले महासभालाई यही असोज १० गते सम्बोधन गरेका थिए ।

Logo