अमेरिका भ्रमण भैंसी दुहुन गएँ र दुध लिएर आएँ भनेजस्तो होइन -प्रधानमन्त्री ओली

अमेरिका भ्रमण भैंसी दुहुन गएँ र दुध लिएर आएँ भनेजस्तो होइन -प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
350
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अमेरिका भ्रमणको उपलब्धि भैंसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको टिप्पणी गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज अपरान्ह स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले यो भ्रमणले मुलुकलाई के अर्थ राख्छ ? भन्दै प्रश्न गरेका थिए । त्यसपछि ओलीले भने, ‘म कुनै भैंसी दुहुन गएर, दुध लिएर आएँ भनेजस्तो होइन । हाम्रा विचारहरू, हाम्रा समस्याहरू त्यहाँ राख्न गएको हो राखियो ।’

जलवायु परिवर्तनका मुद्दा संयुक्त राष्ट्रसंघमा उठाएको उनको भनाई थियो ।

Logo