राष्ट्रपति पौडेलले गरे भद्रकाली मन्दिरको दर्शन

राष्ट्रपति पौडेलले गरे भद्रकाली मन्दिरको दर्शन

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंस्थित भद्रकाली मन्दिरको दर्शन गरेका छन् । शुक्रबार दिउँसो उनकी धर्मपत्नी सविता पौडेलका साथ भद्रकाली मन्दिर पुगेका हुन् । हिन्दुहरुको महान पर्व वडादशैंको अवसरमा राष्ट्रपति पौडेल विभिन्न प्रसिद्ध शक्तिपीठको दर्शनका सिलसिलामा शुक्रबार नक्साल, मैतिदेवी हुँदै भद्रकाली पुगेका हुन् ।

दशैंका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले उपत्यका र उपत्यका बाहिरका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ। सोही परम्परा अनुसार राष्ट्रपति पौडेल शुक्रबार दिनभर पूजाआज र मन्दिर दर्शनमा व्यस्त छन् । पौडेलले शुक्रबार विहान नवकन्याहरूको विधिपूर्वक पूजाअर्चना गरेका थिए । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले नवकन्याहरूको पूजा गरेका हुन् ।

शुक्रवार पौडेलले नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन् ।

Logo