रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

केन्द्रबिन्दु
616
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

यसअघि पनि लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली परिचालित भएको थियो । त्यसको विरोधमा लामिछानेले पार्टी कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई भेला पारेपछि सरकार पछि हटेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली पनि देशबाहिर नै रहेका थिए । तर, त्यतिबेला अदालतको अनुमति थिएन। यो विषय दशैंमा सेलाएको थियो तर, दशैं सकिनासाथ उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

सहकारी ठगी प्रकरणमै रविका व्यवसायिक साझेदार एवं गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी भने पक्राउ परिसकेका छन् । उनी यतिवेला कास्की प्रहरीको हिरासतमा छन् । गोर्खा मिडियाबाटै सञ्चालित ग्यालेक्सी फोरकेका तत्कालिन एमडी समेत रहेका लामिछानेलाई संसदीय छानबिन समितिको सिफारिश बमोजिम कारबाही अघि बढाउन सरकारमाथि दबाब बढेको थियाे ।

Logo