रवि लामिछानेले सडक मार्ग हुँदै कास्की लैजान प्रहरीसँग गरे अनुरोध

रवि लामिछानेले सडक मार्ग हुँदै कास्की लैजान प्रहरीसँग गरे अनुरोध

केन्द्रबिन्दु
300
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई सडक मार्ग हुँदै कास्की लैजान प्रहरीसँग अनुरोध गरेका छन्।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पूर्जी जारी गरिएका रास्वपाका सभापति लामिछानेलाई पक्राउपछि कास्की लगिने भएको छ । पक्राउ पूर्जी जारी भएपछि एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली काठमाडौंको बनस्थलीस्थित रास्वपा केन्द्रिय कार्यालयमा पुगेको छ ।

उक्त टोलीलाई सभापति लामिछानेले आफूलाई गाडीबाटै पोखरा पुर्‍याउन अनुरोध गरेका हुन् ।

Logo