रवि लामिछानेको पक्राउविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

रवि लामिछानेको पक्राउविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

केन्द्रबिन्दु
294
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेकाे पक्राउविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । रास्वपाले दिउँसो १ काठमाडौंमा माइतिघर मण्डलमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गरेका हुन् ।

लामिछानेलाई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि शुक्रबार पक्राउ गरेर पाेखरा लगिएकाे छ । जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ परेका उनलाई सडकमार्ग हुँर्द राति नै पोखरा लगिएकाे हो । लामिछानेलेलाई आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।

रास्वपाले पोखरामा पनि विरोध प्रर्दशन गरेकाे थियाे ।

Logo