काठमाडौं । नेपाली सेनाले विखण्डनवादी र संविधान विरोधी तत्वको निरन्तर निगरानी गरिरहेको जनाएको छ । संवैधानिक प्रावधानअनुसार राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रियहित प्रवद्र्धनलाई केन्द्रमा राखेर कार्यसम्पादन गरिरहेको प्रधानसेनापति पूर्णचन्द्र थापाले बताए । "/>

विखण्डनकारी तत्वविरुद्ध सेनाले नयाँ कदम चाल्दै (भिडियोसहित)

विखण्डनकारी तत्वविरुद्ध सेनाले नयाँ कदम चाल्दै (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली सेनाले विखण्डनवादी र संविधान विरोधी तत्वको निरन्तर निगरानी गरिरहेको जनाएको छ । संवैधानिक प्रावधानअनुसार राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रियहित प्रवद्र्धनलाई केन्द्रमा राखेर कार्यसम्पादन गरिरहेको प्रधानसेनापति पूर्णचन्द्र थापाले बताए ।

गत भदौ २४ गते प्रधानसेनापतिको कार्यभार सम्हालेपछि पहिलोपटक सञ्चारकर्मीसँग भएको छलफलमा उनले राष्ट्रको राष्ट्रिय सेनालाई सुदृढ, सबल र सक्षम तुल्याउन आफू दृढ रहेको धारणा व्यक्त गरे ।

प्रधानसेनापति थापाले भने, “सात वटा साङ्गठनिक लक्ष्य र १५१ वटा कार्य योजना लिएर नेपाली सेनालाई पूर्ण व्यावसायिक बनाउन आफू प्रतिबद्ध रहेको छु, अब भनसुन र आफन्तवादको अन्त्य हुन्छ, प्रक्रिया र पद्धतिविपरीत कुनै काम हुँदैन ।”

संस्थागत हित र स्वार्थलाई सर्वोपरि मानेर काम गर्ने प्रण गर्दै उनले व्यक्तिगत स्वार्थ सकलदर्जामा हाबी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

शान्तिकालमा हरेक देशका सैन्य विकास–निर्माणका काममा जुटेका दृष्टान्त प्रस्तुत गर्दै उनले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माण नेपाली सेनाको प्राथमिकताको परियोजना भएको र त्यसलाई निर्धारित समयमा पूरा गर्न अहोरात्र खटिने स्पष्ट पारे ।

एक जिज्ञासाका जवाफमा प्रधानसेनापतिले सरकारी निर्णयअनुसार बिम्स्टेक संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाबाट उच्च तहमा प्रतिनिधित्व नभएको स्पष्ट गरे ।

Logo