काठमाडौं । नेकपा नेता बामदेव गौतम चुनाव लड्नेबारे नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अनिष्टको संज्ञा दिएका छन् । "/>

बामदेब चुनाव लड्नेबारे बाबुरामको प्रतिक्रिया, ‘यो अनिष्टको संकेत हो’

बामदेब चुनाव लड्नेबारे बाबुरामको प्रतिक्रिया, ‘यो अनिष्टको संकेत हो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा नेता बामदेव गौतम चुनाव लड्नेबारे नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अनिष्टको संज्ञा दिएका छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने तयारी रहेको बेला पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले सामाजिक सञ्जालमार्फत नेकपाभित्र अनिष्ट हुने संकेत गरेका हुन् ।

बर्दियाबाट पराजित नेकपाका नेता गौतमलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लडाउनु चरम राजनीतिक अनिष्टको संकेत भएको टिप्पणी गरे । उनले यसलाई लोकतन्त्रको भ्रष्टीकरणको संज्ञासमेत दिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद् रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर सो क्षेत्रमा हुने उपनिर्वाचनमा वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी नेकपाले गरेपछि बाबुरामले आफ्नो धारणा राखेका हुन् ।

भट्टराईले ट्वीटर मार्फत भनेका छन्, ‘काठमाडौं ७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा पुर्याउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो । बेलैमा होस पुर्याऔं !’

 

Logo