प्रदेश सभाको पहिलो बैठकको तयारी तीव्र

प्रदेश सभाको पहिलो बैठकको तयारी तीव्र

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम । प्रदेश नं २ को यही माघ २१ गते आह्वान गरिएको प्रदेश सभाको पहिलो बैठकको तयारी तीव्र रूपमा भइरहेको छ । 

सोका लागि शैक्षिक तालीम केन्द्र जनकपुरधामको सभाकक्षको मर्मतसम्भार, फर्निचर र भौतिक सामग्रीको व्यवस्थापन कार्य भइरहेको छ । प्रदेश सभाको पहिलो बैठकका लागि शैक्षिक तालीम केन्द्र भवनको तल्लो सभाकक्षमा सो तयारी भइरहेको छ । 

शहरी तथा भवन निर्माण डिभिजन कार्यालयका अनुसार प्रदेशसभा प्रमुख, मुख्यमन्त्रीको आवास, प्रदेश सभा बैठक कक्षसहितको व्यवस्थापन कार्य पनि भइरहेको छ । बैठकका क्रममा प्रयोग हुने डेस्क, पोडियम निर्माण र सभाकक्षको रङरोगन भइरहेको छ । प्रत्येक डेस्कमा तीनजना बस्ने गरी ४५ वटा डेस्कको निर्माण कार्य भइरहेको जनाइएको छ । रासस

Logo