भारतीय दूतावासको चियापान: देउवादेखि प्रचण्डसम्म उपस्थिति, किन गएनन् ओली ?

भारतीय दूतावासको चियापान: देउवादेखि प्रचण्डसम्म उपस्थिति, किन गएनन् ओली ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । भारतको ६९औं गणतन्त्र दिवसको अवसरमा शुक्रबार नेपालस्थित भारतीय राजदूतावासले चियापान कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा रास्ट्रपति, प्रधानमन्त्रीदेखि बिभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई समेत आमन्त्रण गरिएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायत सहभागी भएका थिए । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पूरीले सहभागीलाई स्वागत गरेका थिए ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहे । स्रोतका अनुसार कार्यक्रममा ओलीलाई पनि बिशेष अतिथिका रुपमा निम्त्याइएको थियो तर ओलीले भने दुताबासको कार्यक्रमलाई भन्दा अरु कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् ।

ओली सामुदायिक रेडियोहरुको कार्यक्रममा सहभागी हुन पोखरा पुगेका छन् ।

Logo