मधेसी दलहरुलाई ओलीको दनक- ‘संबिधान संशोधन गरौ भन्दा किन भागेको ?’

मधेसी दलहरुलाई ओलीको दनक- ‘संबिधान संशोधन गरौ भन्दा किन भागेको ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेस केन्द्रित दलहरुले संबिधान संशोधनको मुद्धालाई राजनीति गर्ने मेलो मात्र बनाएको बताएका छन् । समुदायिक रेडियो प्रशारक संघको पोखरा सम्मेलनलाई सम्बोधन गर्दै ओलीले मधेस केन्द्रित दलहरुले संबिधान संशोधनको मुद्धालाई बहाना बनाए पनि मनदेखि संशोधन गर्न नचाहेको बताएका हुन् । 

ओलीले सविधान संशोधन हुन्छ भन्ने डरले मधेस केन्दि्रत दलहरु कांग्रेससँग मिल्न गएको आरोप समेत लगाएका छन् । उनले भने, ‘यदि संविधानमा कुनै विभेद छ भन्ने आउनुस्, छलफल गरौं । तत्काल हटाइन्छ ।’ संशोधन भयो भने मुद्दा नै सकिने डरले भाग्ने गरेको उनले बताए ।

Logo