‘ओलीले परिस्थिती बुझेर सत्ताको बाटो छोड्नु पर्छ’ : बाबुराम भट्टराई

‘ओलीले परिस्थिती बुझेर सत्ताको बाटो छोड्नु पर्छ’ : बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई आफैंले बुझेर बेलैमा सत्ता छाड्न आग्रह गरेका छन् । सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै उनले यस्तो आग्रह गरेका हुन् । 

उनले ‘भीरबाट लड्ने गाई, राम राम भन्न सकिने तर काँध थाप्न नसकिने’ भनेझैं अवस्था आउने चेतावनी पनि दिएका छन्। दन्त्य कथामा भएको भेडाहरुको कथा सम्झँदै भट्टराईले ‘नेपाली राजनीतिका मूर्ख र अहंकारी भेडाहरूको नियति त्यस्तै हुन लागेको हो त ?’ भन्दै प्रश्न पाि गरेका छन् ।

उनले भनेका छन्, 
दन्त्यकथाका भेडाहरू काठको फड्केमा बाटो छोड्नुसट्टा सिंगौरी खेलेर दुवै मरेका थिए रे । नेपाली राजनीतिका मूर्ख र अहंकारी भेडाहरूको नियति त्यस्तै हुन लागेको हो त ? अझै पनि समय छ, नैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने हैसियत गुमाइसकेको ओलीतन्त्रले बाटो छोडोस् । नत्र भीरबाट लड्ने गाईलाई…।

अझै समय बाँकी रहेकाले सच्चिएर अघि बढ्न पनि भट्टराईले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

Logo