बैठक लगत्तै राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

बैठक लगत्तै राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन्। एमालेको आजको स्थायी कमिटी बैठक सकिए लगत्तै उनी शीतलनिवास गएका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेदेखि जारी बैठक सकिएपछि ओली राष्ट्रपति भेट्न जानुलाई निकै चासोका रुपमा लिइएको छ।  

यता एमालेको आजको स्थायी कमिटी आगामी जेठ ६ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा पार्टीलाई जिताउने गरि के गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। 

यस्तै प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतका विषयमा पनि छलफल भएको उनले बताए। उनका अनुसार यस बाहेक अन्य विषयहरुमा बैठक प्रवेश गरेन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेका छन् । तर उनले विश्वासको मत पाउने सम्भावना न्युन हुँदै गएको छ। सोही सन्दर्भमा उनले दौडधुप पनि बढाएका छन् । हिजो मात्र उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

Logo