त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भल पसेपछि…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भल पसेपछि…

केन्द्रबिन्दु
126
Shares

बुधबार दिउँसो भएको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फको टर्मिनलमा लेदोसहितको भल पसेको छ ।

विमानस्थलको बोर्डिङ पास लिएर ह्यान्ड ब्याग सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा रहेको गहिरो स्थानमा भल पसेको हाे । यहाँको १० फिट भित्रैको स्थानमा पहिले ओरालो, त्यसपछि सम्म र फेरी ओरालो स्थान छ। यही ठाउँमा जमेको पानी निस्किने ठाउँ नभएपछि समस्या भएकाे हाे । तर, भलका कारण केही समय यात्रु र कर्मचारीलाई सास्ती भए पनि उडान अवतरण तथा अन्य काममा भने असर परेको थिएन।

अहिले जमेकाे पानी सबै फालिसकेकाे विमानस्थल स्राेतले जनाएकाे छ ।

Skip This
Logo