माधव पक्ष तत्काल सरकारमा जाँदैनः सांसद विरोध खतिवडा

माधव पक्ष तत्काल सरकारमा जाँदैनः सांसद विरोध खतिवडा

केन्द्रबिन्दु
0
Shares

एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष तत्काल गठबन्धन सरकारमा नजाने भएको छ ।
माधव नेपाल पक्षका सांसद विरोध खतिवडाले केन्द्रविन्दुलाई तत्काल सरकारमा जाने अवस्था नभएको बताए । ‘सरकारमा नजाने भन्ने होइन, जाने हो तर, तत्काल जाने अवस्था छैन,’ उनले भने ।

सरकारमा जान कानुनी अड्चन रहेपछि माधव पक्ष तत्काल सरकारमा नजाने भएको हो। कानुनतः एमाले संसदीय दलले निर्णय नगरीकन पार्टीको प्रतिनिधित्व गरी सरकारमा जान मिल्दैन ।

यद्यपि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार छलफल गर्दै वरिष्ठ नेता नेपालले भने सरकारमा जाने बताएका थिए। पार्टी एकता कायम राख्न पनि सक्रिय रहने बताएका थिए। 

सोही अनुसार सत्तारुढ गठबन्धनको बैठकमा नेपाल पक्षबाट डा. विजय पौडेल बुधबार सहभागी भए। उनले पनि सरकारमा तत्काल सहभागी हुन नसकिने पत्रकारहरूलाई बताएका छन्। राष्ट्रिय योजना आयोगमा भने मंगलबार माधव पक्षबाट डा. रामकुमार फुयाल नियुक्त भएका छन् । 

Logo