एकताका सबै प्रयास निरर्थक भयो : पोखरेल

एकताका सबै प्रयास निरर्थक भयो : पोखरेल

केन्द्रबिन्दु
0
Shares

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अलग भएर नयाँ दल गठन गरेपछि नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एकताका लागि भएका सबै प्रयास निरर्थक बनेको बताएका छन् ।

पार्टीभित्रको एकता कायम राख्न पटक-पटक अपिल गरिएको तथा माधव नेपाललगायत केही नेतासँग आफैंले पनि पटक–पटक छलफल गरेको तर ती सबै निरर्थक बनेको भन्दै महासचिव पोखरेलले दुःख व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘पार्टीलाई एक ढिक्का बनाउन यस बीचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृष्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम गरिएको छ ।’

Logo