बालुवाटारमा प्रधानमन्त्रीसहित प्रचण्ड र माधव नेपालकाे भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्रीसहित प्रचण्ड र माधव नेपालकाे भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान उनीहरूबीच भेटवार्ता भएकाे हाे।प्रधानमन्त्रीकाे निजी सचिवालयका अनुसार मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा कुराकानी भएको छ। शनिबार पनि देउवा र प्रचण्डबीच भेटवार्ता भएकाे थियाे।

उपेन्द्र यादवको जसपाले मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको नेताहरुकाे भनाइ छ। गत २९ असारमा प्रधानमन्त्री बनेका देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सत्तारुढ गठबन्धनकै आलोचना भइरहेका बेला उनीहरुबीच छलफल भएको हो। 

Logo