ओलीले गोप्य सहमति पालना नगरेका कारण अहिलेकाे अवस्था आएकाे हाेः माधव नेपाल

ओलीले गोप्य सहमति पालना नगरेका कारण अहिलेकाे अवस्था आएकाे हाेः माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले गोप्य सहमति पालना नगर्दा अहिलेको राजनीतिक अवस्था सृजना भएको आरोप लगाएका छन्। 

एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलोपटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले साविक नेकपाका बेला प्रचण्डसँग भएको आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमतिलाई ओली लत्याउँदा राजनीतिक अस्थिरता सुरु भएको आरोप लगाएका हुन्। 

दक्षिणपन्थीको इसारामा गुटको राजनीति गरेर ओलीले कम्युनिष्ट एकतालाई मात्रै होइन एमालेलाईसमेत जोगाउन नसकेको नेपालको आरोप छ। प्रधानमन्त्रीको कुर्सीमा बसेर गर्न नहुने र बोल्न नहुने अभिव्यक्ति दिएर ओलीले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाएका उनले चुनावी घोषणापत्रविपरीत ओली अघि बढेको आरोप दोहोर्‍याए। 

प्रधानमन्त्रीको कुर्सी असुरक्षित भएपछि ओलीले प्रतिनिधि सभा विघटन गरेको नेता नेपालको आरोप थियाे। नेता नेपालले सरकार र पार्टीमा आफ्नो विकल्प नरहेको भन्ने अहम् ओलीले पालेको बताए। 

ओलीको व्यक्तिवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्‍यौँ

अध्यक्ष नेपालले आफूहरुले निरन्तर केपी ओलीको व्यक्तिवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्नुपरेको बताएका छन्। 

एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गरेपछि पहिलोपटक बसेको आफ्नो पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीसँगको व्यक्तिवादी चरित्रविरुद्धको निरन्तर संघर्षपश्चात नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको बताए। 

पार्टीभित्र पक्षपात गर्ने ओलीले बैठकहरुमा बोल्नसमेत नदिएको नेपालको भनाइ छ। पार्टीदेखि संसदसम्म आफ्नो व्यक्तिवादी चरित्र लाद्ने ओलीले संसद विघटन गरेर पार्टी एकतालाई भाँडेको अध्यक्ष नेपालको आरोप छ।

ओलीलाई सुझाव: महालेखाको प्रतिवेदन पढ्नुहोस्

अध्यक्ष  नेपालले एमाले अध्यक्ष केपी ओलीलाई महालेखा परीक्षकको ५८औँ प्रतिवेदन पढ्न सुझाव दिएका छन्। 

अध्यक्ष नेपालले आफ्नो शासनकालमा भ्रष्टाचार नभएको बताउने पूर्वप्रधानमन्त्री ओलीले महालेखाको प्रतिवेदन पढ्नुपर्ने बताएका हुन्। 

ओलीको शासनकालमा भ्रष्टाचार र अनियमितताको घटना धेरै भएको आरोप लगाएका नेपालले हालै सार्वजनिक महालेखा परीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनले सबै छर्लङ पारेको बताए। 

‘आफूले राम्रो काम गरेको, भ्रष्टाचारीलाई कारबाही गरेको बताउने ओलीले महालेखाको प्रतिवेदन एकचोटी पढे हुन्छ नि’, अध्यक्ष नेपालले भने।न्युज कारखानाबाट

Logo