‘एमाले–कांग्रेस पार्टीका शीर्ष नेताहरूको बैठकले मात्र जारी अवरोधले निकास पाउँछ’

‘एमाले–कांग्रेस पार्टीका शीर्ष नेताहरूको बैठकले मात्र जारी अवरोधले निकास पाउँछ’

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक आव्हान गरेका छन्। तर, जसका कारणले सर्वदलीय बैठक आव्हान गर्नु पर्यो सोही पार्टीनै बैठकमा सरिक भएन।

सोही कारण मंगलबारको संसद् बैठक पनि एमालेले अवरुद्ध गर्ने निश्चित भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबै बैठक गएको २३ गतेपछि एमालेले अवरुद्ध गरिरहेको छ।

एमालेको अवरोधका कारण संसद् अनिर्णयको बन्दि बनिरहेको छ। जनताका जल्दो बल्दो समस्यामाथि छलफल हुनु पर्ने र थन्किएका दर्जन बढी अध्यादेशलाई निकास दिनु पर्ने अवस्थामा जननिर्वाचित थलो अनिर्णयको बन्दि बनिरहेको हो।

विश्लेषकहरू तुरुन्त राजनीतिक निकास नखोजे जननिर्वाचित थलो अझै अनिर्णयको बन्दि बन्ने र मुलुक नै भासमा डुब्ने, अस्थिरता मौलाउने तर्क गर्छन्। राजनीतिक विश्लेषक अरुणकुमार सुवेदी सभामुखको तदारुकताले विवाद निरुपढ नहुने दाबी गर्छन्।

‘जसको कारण एमालेले सदन अवरुद्ध गरिरहेको छ। उसैले बोलाएको बैठकमा एमाले जान्छ जस्तो मलाई लाग्दैन र आज गएन पनि। यो विवादको निरुपढ सभामुखबाट हुँदैन। यसको लागि प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली मात्रले छलफल गर्नुपर्छ र मात्र यो विषयले निकास पाउँछ जस्तो लाग्छ मलाई।’

उनले सभामुखको भूमिका निष्पक्ष नभएको पनि जिकिर गरे। त्यसो त नेकपा एमालेले सोमबार पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ। जसका कारण राष्ट्रिय सभा अध्यक्षले कार्यसूची नै परिर्वतन गर्नु परेको थियो।

एमालेको अवरोधकाबीच राष्ट्रिय सभाको दोस्रो बैठकले लोकसेवा आयोग विधेयक–२०७८ पारित गरेको छ।

राष्ट्रिय सभाको दोस्रो बैठक पनि एमालेका सांसदहरुले अवरुद्ध पारेका थिए। यसअघि पनि एमालेले राष्ट्रिय सभाको बैठकमा अवरोध गर्दै आएको छ।

Logo