नेपाली कांग्रेसका महाधिवेशनहरुः अहिलेसम्म को-कहिले सभापति भए?

नेपाली कांग्रेसका महाधिवेशनहरुः अहिलेसम्म को-कहिले सभापति भए?

केन्द्रबिन्दु
140
Shares

नेपाली कांग्रेसमा चौंधौं महाधिवेशनको सरगर्मीले मुलुकको राजनीतिलाई चलायमान बनाइरहेको छ। वि.सं.२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापनासँगै अंकुरित नेपाली कांग्रेसले साढे सात दशकको यात्रा पुरा गरिसकेको छ। निरंकुश राणा शाहीको अन्त्य र प्रजातन्त्र स्थापनाको उद्देश्यका साथ २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस पार्टी स्थापनाको पहल भयो। राणाहरुको कोपभाजनमा परि प्रवासिन बाध्य बनाइएका र अध्ययनका लागि भारत पुगेका युवाहरुको बाहुल्यता रहेको यो संस्थाका जन्मदाता बीपी कोइराला हुन्। 

अखिल भारतीय नेपाली राष्ट्रिय कांंग्रेसः २००३ कात्तिक १५ गते वनारस

सभापतिः देवीप्रसाद सापकोटा
उपसभापतिःबालचन्द्र शर्मा
प्रधानमन्त्रीः (महामन्त्री)कृष्णप्रसाद उपाध्याय भट्टराई
प्रचारमन्त्रीः गोपालप्रसाद उपाध्याय भट्टराई
त्यसको तीन महिनापछि कलकत्तामा सम्पन्न सम्मेलनाट अखिल भारतीय नेपाली राष्ट्रि«य कांग्रेसलाई नेपाली राष्ट्रिय कांग्रेस बनाइयो । 

नेपाली राष्ट्रिय कांग्रेस: २००३ माघ १२ र १३ मा कलकत्ता, भवानीपुर

सभापतिः टंकप्रसाद आचार्य 
कार्यकारी सभापतिः विश्वेश्वरप्रसाद कोइराला
मन्त्रीःबालचन्द्र शर्मा
प्रकाशन विभाग अध्यक्षः डा.डिल्लीरमण रेग्मी
संगठनमन्त्रीः कृष्णप्रसाद उपाध्याय भट्टराई
प्रचार र संगठननिमित्त सदस्यः     देवव्रत परियार
सदस्यः डीएन प्रधान
सदस्यः गोपालप्रसाद उपाध्याय भट्टराई
सदस्यः लाक्पाछिरिङ शेर्पा
सदस्यः रुद्रप्रसाद गिरी

राष्ट्रिय कांग्रेसको आह्वानमा मुलुकमै पहिलो पटक विराटनगरमा मजदुरहरुको संगठित आन्दोलन शुरु भयो। यसैक्रममा बीपी, तारिणी, गिरिजा, मनमोहन अधिकारी, गेहेन्द्रहरी शर्मा विकु र युवराज अधिकारी पक्राउ परे। उनीहरुलाई पहाडको बाटो हुँदै २२ दिन हिंडाएर काठमाडौंमा थुनियो। बीपी थुनामा परेपछि मातृकाप्रसाद कोइराला राष्ट्रिय कांग्रेसको कार्यवाहक अध्यक्ष भए। 

२००३ चैत्र २७ र २८ जोगवनी सम्मेलन 

कार्यवाहक अध्यक्षः मातृकाप्रसाद कोइराला
महामन्त्रीः कृष्णप्रसाद भट्टराई 
भारत प्रवासमा रहँदा त्यहाँको सरकारले मातृकामाथि मुद्धा चलायो। डा. डिल्लीरमण रेग्मी कार्यवाहक सभापति भए। 

२००४ साउन १, २ र ३ बनारस सम्मेलन

कार्यवाहक सभापतिः डा. डिल्लीरमण रेग्मी 
महामन्त्रीः कृष्णप्रसाद भट्टराई 

दोस्रो महाधिवेशनः २००४, वनारस: बैसाख २०, २१ र २२

सभापतिको अनुपस्थितीका लागि कार्यवाहक बनाइएका डा. रेग्मीले बीपी रिहा भएपछि पनि पद छोड्न मान्नु भएन । यही विषयलाई लिएर पार्टी विभाजन भयो। 

तेस्रो महाधिवेशन–२००५, फागुन १८, १९, २० दरभंगा 

यसविच काठमाडौंमा नागरिक अधिकार प्राप्तिका लागि युवाहरुले आन्दोलनको घोषणा गरे । त्यस आन्दोलनलाई उर्जा दिन कृष्णप्रसाद भट्टराई र केदारमान व्यथितका साथ काठमाडौं आएका बीपी, फेरि पक्राउ पर्नु भयो । यो घटनापछि मातृकाप्रसाद कोइराला कार्यवाहक अध्यक्ष बनाइए। 

राष्ट्रिय कांग्रेसको विभाजनपछि सुवर्णशमशेर, महावीर शमशेरको पहलमा कलकत्तामा नेपाल प्रजातन्त्र कांग्रेस गठन भयो। 

नेपाल प्रजातन्त्र कांग्रेसः २००५ साल पुस १५ देखि १७ 

सभापतिः महेन्द्रविक्रम शाह
महामन्त्रीः सूर्यप्रसाद उपाध्याय
सहायक महामन्त्रीः प्रेमबहादुर कंसाकार
कोषाध्यक्षः राजेश्वरीप्रसाद उपाध्याय
सदस्यः चन्द्रवीर सिंह
सदस्यः महानन्द सापकोटा
सदस्यः भीमभक्तमान सिंह
सदस्यः पूर्णसिंह खवास
सदस्यः दिलबहादुर राई
सदस्यः लक्ष्मीदत्त उपाध्याय
कार्यालय सचिवः बाबुलाल मोक्तान
कार्यालय सचिवः सुन्दरराज चालिसे
सदस्यः सुवर्णशमशेर राणा
महानन्द सापकोटा
लक्ष्मीदत्त उपाध्याय
भीमभक्तमान सिंह बस्नेत

राष्ट्रिय र प्रजातन्त्र दुवै कांग्रेसको लक्ष्य, राणाको अन्त्य गरि राजाको नायकत्वमा प्रजातन्त्र स्थापना गर्नु नै थियो । फलस्वरुपः २००६ सालमा यी दुई पार्टीविच एकीकरण भयो र नेपाली कांग्रेसको स्थापना भयो। 

चौथो महाधिवेशन–२००६, चैत्र २७, २८, २९ कलकत्ता 

सभापतिः मातृकाप्रसाद कोइराला
महामन्त्रीः महेन्द्रविक्रम शाह
कोषाध्यक्षः सुवर्णसमशेर जबरा
सहमहामन्त्रीः कृष्णप्रसाद भट्टराई
सदस्यः विश्वेश्वरप्रसाद कोइराला
सदस्यः गणेशमान सिंह
सदस्यः सूर्यप्रसाद उपाध्याय
सदस्यः महावीर शमसेर
सदस्यः रुद्रप्रसाद गिरी
सदस्यः कुँवरकल्लु सिंह
सदस्यः राजेश्वरीप्रसाद उपाध्याय

नेपाली कांग्रेस नेतृत्वको सशस्त्र क्रान्तिबाट २००७ सालमा प्रजातन्त्र स्थापना भयो । २००९ मा जनकपुरमा सम्पन्न पाँचौं महाधिवेशनबाट बीपी कोइराला सभापति चुनिए । दलीत समुदायका धनमानसिंह परियारलाई कांग्रेस महामन्त्रीको जिम्मेवारी दिइयो। नेपाली राजनीतिमा प्रमुख दलमा कुनै दलितले अहिलेसम्म उच्चपद प्राप्त गरेको यो नै मात्र घटना एक हो। 

पाँचौं महाधिवेशनः २००९, जेठ १०, ११ र १२ जनकपुर

सभापतिः विश्वेश्वरप्रसाद कोइराला
महामन्त्रीः धनमानसिंह परियार
महामन्त्रीः राजेश्वरीप्रसाद उपाध्याय
सदस्यः मातृकाप्रसाद कोइराला
सदस्यः सूर्यप्रसाद उपाध्याय
सदस्यः सुवर्णसमसेर जवरा
सदस्यः गणेशमान सिंह
सदस्यः महेन्द्रविक्रम शाह
सदस्यः गोपालप्रसाद उपाध्याय भट्टराई
सदस्यः राधाकृष्ण थारू
सदस्यः रामनारायण मिश्र
सदस्यः मित्रलाल गिरी
सदस्यः काशीनाथ गौतम
सदस्यः परशुनारायण चौधरी
सदस्यः महावीरसमसेर
कार्यालय मन्त्रीः डीके शाही

प्रजातन्त्र स्थापना भएसँगै राजा त्रिभुवनले दुई वर्षभित्र संविधानसभा निर्वाचन गराउने वचन दिएका थिए। तर अनेकौं बहानामा चुनाव सार्ने काम भयो। प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र सभापति बीपीविचको मुख्य मतभेद यही थियो। जसका कारण अन्तः २००९ सालमा कांग्रेस दोस्रो पटक विभाजित हुन पुग्यो। 

पार्टी विभाजनः २००९ भदौ २१ गते 

सभापतिः मातृकाप्रसाद कोइराला
महामन्त्रीः महेन्द्रविक्रम शाह
महामन्त्रीः बोधप्रसाद उपाध्याय
२०१२ मा वीरगञ्जमा सम्पन्न महाधिवेशनवाट सुवर्णशमशेर सभापति भए। त्यही महाधिवेशनबाट कांग्रेसले समाजवादी नीति अवलम्वन गर्यो। 

छैटौंं महाधिवेशनः २०१२ मंसिर १२, १३, १४ वीरगञ्ज

सभापतिः सुवर्णशमशेर जबरा
महामन्त्रीः विश्वबन्धु थापा
महामन्त्रीः डा.तुलसी गिरी
सदस्यः कृष्णप्रसाद भट्टराई
सदस्यः श्रीभद्र शर्मा
सदस्यः रुद्रप्रसाद गिरी
सदस्यः रामनारायण मिश्र
सदस्यः गिरिजाप्रसाद कोइराला
सदस्यः गणेशकुमार शर्मा
सदस्यः ललित चन्द 

प्रजातन्त्र स्थापना भएको सात वर्ष पुग्दासमेत मुलुकमा चुनाव हुन सकेन। त्यही वातावरणकाविच नेपाली कांग्रेसको विशेष महाधिवेशन विराटनगरमा सम्पन्न भयो र बीपी फेरि सभापति बने। 

विशेष महाधिवेशनः २०१४ जेठ १०, विराटनगर 

सभापतिः विश्वेश्वरप्रसाद कोइराला
महामन्त्रीः सूर्यप्रसाद उपाध्याय
महामन्त्रीः गणेशमान सिंह
कोषाध्यक्षः सुवर्णशमशेर जबरा
सदस्यः कृष्णप्रसाद भट्टराई
सदस्यः श्रीभद्र शर्मा
सदस्यः रुद्रप्रसाद गिरी
सदस्यः धनमानसिंह परियार
सदस्य: गोपालप्रसाद उपाध्याय भट्टराई
सदस्यः हृदयराज शर्मा
सदस्यः गणेशकुमार शर्मा

बीपीको नेतृत्वमा राजालाई चुनाव गराउन बाध्य बनाएपछि कांग्रेसले दुई तिहाईको अपार जनमत प्राप्त गर्यो । कांग्रेसको इतिहासमा सातौं महाधिवेशनको छुट्टै महत्व छ । पहिलो आफ्नै नेतृत्वमा १०४ वर्षे राणा शासन अन्त्य गरि कांग्रेस दुई तिहाई बहुमतका साथ उसले सत्ताको नेतृत्व पाएको थियो। दोस्रो यो महाधिवेशन लगत्तै राजाले प्रजातन्त्र माथि कु गरी निरंकुश पञ्चायती व्यवस्था शुरु गरे। 

सातौं महाधिवेशनः २०१७ वैसाख २५ गतेदेखि ३१ काठमाण्डौं

सभापतिः विश्वेश्वरप्रसाद कोइराला
महामन्त्रीः श्रीभद्र शर्मा
सदस्यः सुवर्णशमसेर जबरा
सदस्यः गणेशमान सिंह
सदस्यः सूर्यप्रसाद उपाध्याय
सदस्यः मातृकाप्रसाद कोइराला
सदस्यः विश्वबन्धु थापा
सदस्यः त्रिपुरवरसिंह प्रधान
सदस्यः भूदेव राई
सदस्यः गणेशकुमार शर्मा
सदस्यः गिरिजाप्रसाद कोइराला
सदस्यः रुद्रप्रसाद गिरी
सदस्यः राधाकृष्ण थारु
सदस्यः गिरीप्रसाद बुढाथोकी
सदस्यः तेजमान तुम्बाहम्फे
सदस्यः कृष्णलाल श्रेष्ठ लेखक
सदस्यः देवनाथदास यादव
सदस्यः श्रीमती राधादेवी
सदस्यः लोकेन्द्रबहादुर शाह
सदस्यः टंकनाथ काफ्ले
सदस्यः डिगबहादुर गुरुङ
सदस्यः दलकृष्ण श्रेष्ठ
सदस्यः चिन्ताहरण सिहं
सदस्यः कृष्णबहादुर भट्टराई
सदस्यः हेमराज शर्मा
सदस्यः बलबहादुर राई
सदस्यः चन्द्रलाल श्रेष्ठ
सदस्यः रामेश्वर श्रेष्ठ
सदस्यः सरोजप्रसाद कोइराला
सदस्यः डीके शाही
सदस्यः दिलबहादुर बुढाथापा
कार्यालय मन्त्रीः वासुदेव रिसाल

२०१७ पुष १ को राजनीतिक ‘कू’ पछि बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसहितका शीर्ष नेता गिरफ्तार भए। अनी व्यक्तिगत कामको शिलसिलामा कलकत्तामा पुगेकाले पक्राउ हुनबाट जोगिएका नेता सुवर्णशमशेर राणालाई कार्यवाहक सभापति बनाइयो। 

राणाको नेतृत्वमा कांग्रेसले दोस्रो पटक सशस्त्र शुरु गर्यो। तर सफलता पाउन सकेन । यसवीच आठ वर्ष लामो जेल जीवनबाट बीपी कोइराला रिहा भए । फेरि उनको नेतृत्वमा कांग्रेसले तेस्रो पटक सशस्त्र क्रान्ति सञ्चालन गर्यो । हतियारको बलमा लड्ने दुवै प्रयास विफल भए । अनि राष्ट्रि«य एकता तथा मेलमिलापको नीतिका साथ २०३३ साल पुस १६ गते ८ वर्ष लामो भारत प्रवासबाट बीपी स्वदेश फर्किए । 

पटना सम्मेलन: २०३४ कात्तिक ५ र ६

कष्णप्रसाद भट्टराई, कार्यवाहक सभापति
गणेशमान सिंह, नेता
गिरिजाप्रसाद कोइराला, महामन्त्री 
परशुनारायण चौधरी, महामन्त्री 

बीपीमाथि मृत्युदण्ड माग दावी गरिएका राजकाज सम्वन्धी आठ मुद्धा विचाराधिन थिए। दुई वटा सशस्त्र क्रान्तिमा असफलता वेहोरेपछि हतियारको बाटो छोडेर पार्टीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने बाटोमा बीपी अग्रसर थिए। त्यसैले सशस्त्र क्रान्तिको विपक्षमा रहेका नेता कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाइयो । 

२०१७ को राजनीतिक कू पछि पार्टी प्रतिबन्धित भएकाले तीन दशकसम्म नेपाली कांग्रेसको महाधिवेशन हुन सकेन । सातौं महाधिवेशनको ३१ वर्षपछि २०४८ साल फागुन पहिलो साता झापाको कलबलगुडीमा सम्पन्न आठौं महाधिवेशनाट कृष्णप्रसाद भट्टराई सभापतिमा निर्विरोध निर्वाचित भए ।  

आठौं महाधिवेशनः २०४८ झापा 

सर्वमान्य नेताः गणेशमान सिंह
सभापतिः कृष्णप्रसाद भट्टराई
महामन्त्रीः महेन्द्रनारायण निधि
सहमहामन्त्रीः वासुदेव रिसाल
कोषाध्यक्षः    खनुप रुदे (रामबाबु) प्रसाईं
प्रवक्ताः तारानाथ रानाभाट
सदस्यः गिरिजाप्रसाद कोइराला
सदस्यः मंगलादेवी सिंह
सदस्यः नोना कोइराला
सदस्यः शेख इद्रिस
सदस्यः सुशील कोइराला
सदस्यः भू–विक्रम नेम्वाङ
सदस्यः शैलजा आचार्य
सदस्यः ढुण्डिराज शास्त्री
सदस्यः भीमबहादुर तामाङ
सदस्यः शेरबहादुर देउवा
सदस्यः रामचन्द्र पौडेल
सदस्यः चिरञ्जीवी वाग्ले
सदस्यः खुमबहादुर खड्का
सदस्यः सूर्यभक्त अधिकारी
सदस्यः महन्थ ठाकुर
सदस्यः मणि लामा

२०५३ साल वैसाख २६, २७ र २८ गते काठमाडौंमा सम्पन्न नवौं अधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापति भए । 

नवौं महाधिवेशनः २०५३, काठमाडौं

सभापतिः गिरिजाप्रसाद कोइराला
उपसभापतिः शैलजा आचार्य
महामन्त्रीः सुशील कोइराला (मध्यपश्चिमाञ्चलबाट सदस्य पदमा निर्वाचित)
महामन्त्रीः तारानाथ रानाभाट
सदस्यः कृष्णप्रसाद भट्टराई
सदस्यः महेन्द्रनारायण निधि
सदस्यः शेख इद्रिस
सदस्यः मंगलादेवी सिंह
सदस्यः नोना कोइराला
सदस्यः शेरबहादुर देउवा (सुदुरपश्चिमाञ्चलबाट निर्वाचित)
सदस्यः रामचन्द्र पौडेल (पश्चिमाञ्चलबाट निर्वाचित)
सदस्यः ढुण्डिराज शास्त्री
सदस्यः भीमबहादुर तामाङ (मध्यमाञ्चलबाट निर्वाचित)
सदस्यः खुमबहादुर खड्का
सदस्यः चिरञ्जीवी वाग्ले
सदस्यः भीमप्रसाद श्रेष्ठ
सदस्यः महन्थ ठाकुर
सदस्यः कुलबहादुर गुरुङ
सदस्यः विजयकुमार गच्छदार ( पूर्वाञ्चलबाट निर्वाचित)
सदस्यः ओमकारप्रसाद श्रेष्ठ
सदस्यः तारिणीदत्त चटौत
सदस्यः डा.रामवरण यादव
सदस्यः महेश आचार्य
सदस्यः दिलबहादुर घर्ती
सदस्यः चन्द्रसिंह भट्टराई
सदस्यः नरेन्द्रविक्रम नेम्वाङ

त्यसैगरि दशौं महाधिवेशनबाट कोइराला दोस्रो कार्यकालका लागि सभापति बने ।

दशौं महाधिवेशनः २०५७ माघ ६, ७, ८ र ९ गते, पोखरा

सभापतिः गिरिजाप्रसाद कोइराला
महामन्त्रीः सुशील कोइराला
कोषाध्यक्षः महन्थ ठाकुर
सहमहामन्त्रीः गोविन्दराज जोशी
सदस्यः कृष्णप्रसाद भट्टराई
सदस्यः शेरबहादुर देउवा
सदस्यः शैलजा आचार्य
सदस्यः वासुदेव रिसाल
सदस्यः नोना कोइराला
सदस्यः रामचन्द्र पौडेल
सदस्यः बलबहादुर राई
सदस्यः लीला कोइराला
सदस्यः कुलबहादुर गुरुङ
सदस्यः चक्रप्रसाद बाँस्तोला
सदस्यः डा.रामशरण महत
सदस्यः अर्जुननरसिंह केसी
सदस्यः डा.रामवरण यादव
सदस्यः महेश आचार्य
सदस्यः दिलबहादुर घर्ती
सदस्यः रामकृष्ण ताम्राकार
सदस्यः बलदेव शर्मा मजगैयाँ
सदस्यः कृष्णप्रसाद सिटौला
सदस्यः लक्ष्मणप्रसाद घिमिरे
सदस्यः गोपालराज पहाडी
सदस्यः विनयध्वज चन्द
प्रवक्ताः नरहरि आचार्य
सदस्यः सुनिलकुमार भण्डारी
सदस्यः प्रकाश कोइराला
सदस्यः फरमुल्लाह मन्सुर
सदस्यः पूर्णकुमार शेर्मा
सदस्यः खुमबहादुर खड्का 
सदस्यः प्रकाशमान सिंह
सदस्यः बिमलेन्द्र निधि
सदस्यः विजयकुमार गच्छदार 
सदस्यः चिरञ्जीवी वाग्ले 
सदस्यः प्रदीप गिरी 

माओवादी विद्रोह उत्कर्षमा पुगेको बेला २०५९ असार पहिलो साता प्रधानमन्त्री शेरबहादुर देउवा समूहले नयाँ बानेश्वरमा महाधिवेशन प्रतिनिधिहरुको भेला गरी सभापति कोइरालालाई निष्कासन गर्दै देउवालाई सभापति घोषणा गर्यो । यससँगै नेपाली कांग्रेस तेस्रो पटक विभाजित भयो। 

पार्टी विभाजन, २०५९ः नेपाली कांग्रेस प्रजातान्त्रिक 

सभापतिः शेरवहादुर देउवा 
उपसभापतिः चिरञ्जीवी वाग्ले 
महामन्त्रीः खुमवहादुर खड्का 
सहमहामन्त्रीः विजयकुमार गच्छदार

सदस्यहरुः विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रदीप गिरि, नरेन्द्रविक्रम नेम्वाङ, अमरराज कैनी, भीमकुमारी बुढामगर, दुर्योधनसिंह चौधरी, शेख जाहिर, गोपालमान श्रेष्ठ, होमनाथ दाहाल, कृष्णवहादुर गुरुङ, चित्रलेखा यादव।

नेपाली कांग्रेसको एघारौं महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला तेस्रो कार्यकालका लागि सभापति भए । 

एघारौं महाधिवेशनः २०६२ भदौ १४, १५, १६ र १७, ललितपुर 

सभापतिः गिरिजाप्रसाद कोइराला 
उपसभापतिः सुशील कोइराला 
उपसभापतिः रामचन्द्र पौडेल
महामन्त्रीः कुलवहादुर गुरुङ
महामन्त्रीः डा.रामवरण यादव
सहमहामन्त्रीः अर्जुननरसिंह केसी

अर्कोतिर नेपाली कांग्रेस प्रजातान्त्रिकको अधिवेशनबाट शेरवहादुर देउवा सभापति भए। 
नेपाली कांग्रेस प्रजातान्त्रिकः २०६२ पुस २१, २२, २३ र २४ काठमाडौं 
सभापतिः शेरवहादुर देउवा
उपसभापतिः गोपालमान श्रेष्ठ
उपसभापतिः प्रकाशमान सिंह
महामन्त्रीः विमलेन्द्र निधि

२०६४ असोजमा आइपुग्दा नेपाली कांग्रेस र प्रजातान्त्रिक पार्टीविच एकीकरण भयो । 

एकता महाधविशेनः २०६४ असोज ७, ललितपुर

सभापतिः गिरिजाप्रसाद कोइराला 
वरिष्ठ नेताः शेरवहादुर देउवा
कार्यवाहक सभापतिः सुशील कोइराला
उपसभापतिः रामचन्द्र पौडेल
एकीकरणपछिको पहिलो अधिवेशनबाट सुशील कोइराला सभापति चुनिए। 
बाह्रौ महाधिवेशनः २०६७ असोज १–५, काठमाडौं 
सभापतिः सुशील कोइराला
बरिष्ठ नेताः शेरवहादुर देउवा
उपसभापतिः रामचन्द्र पौडेल
महामन्त्रीः प्रकाशमान सिंह
कोषाध्यक्षः चित्रलेखा यादव
सहमहामन्त्रीः पूर्णवहादुर खड्का 
पार्टीको तेह्रौं महाधिवेशनवाट निर्वाचित भएका शेरवहादुर देउवा अहिले नेपाली कांग्रेसको सभापति छन् । 

तेह्रौं महाधिवेशनः २०७२ फागुन चौथो साता, काठमाडौं  

सभापतिः शेरवहादुर देउवा 
वरिष्ठ नेताः रामचन्द्र पौडेल
उपसभापतिः विमलेन्द्र निधि
उपसभापतिः विजयकुमार गच्छदार
महामन्त्रीः डा. शसांक कोइराला
महामन्त्रीः पूर्णवहादुर खड्का 
सहमहामन्त्रीः डा. प्रकाशशरण महत
सहमहामन्त्रीः सुनिलवहादुर थापा
कोषाध्यक्षः सितादेवी यादव

चौधौं महाधिवेशनः अब नेतृत्वमा को ?

Logo