संविधानको सबैभन्दा धेरै अपनत्व नेपाली कांग्रेसमा छः नेता सिंह

संविधानको सबैभन्दा धेरै अपनत्व नेपाली कांग्रेसमा छः नेता सिंह

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्ट पार्टीहरुले देशलाई स्थायित्व र समृद्धिको बाटोमा लैजान नसक्ने बताएका छन्। 

संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस्ताे बताएका हुन्। उनले संविधानको निर्माणकर्ता र कार्यन्वयनकर्ता नेपाली कांग्रेस पार्टीनै भएको दाबी पनि गरे।

तत्कालीन संविधान सभाबाट नेपाली जनतालाई संविधान दिन कम्युनिस्ट प्रधानमन्त्रीहरू असफल भएको भन्दै उनले संविधानको सफल कार्यान्वयनमार्फत देशलाई स्थायित्व र समृद्धिको बाटोमा लैजान नेपालका कम्युनिस्टहरुले नसक्ने बताए। 

“संविधानको निर्माण तत्काली पार्टी सभापति तथा प्रधानमन्त्री शुशील कोइरालाको नेतृत्वमा भएको हो, यसको कार्यान्वयन पनि सभापति तथा प्रम शेरबहादुर देउवाले सुरु गर्नुभएको हो,” सिंहले भनेका छन्–“त्यसैले पनि संविधानको सबैभन्दा धेरै अपनत्व र सफल कार्यान्वयनका लागि नेपाली कांग्रेस गम्भीर छ।”

उनले भनेका छन्ः

०७२ असोज ३ गते अर्थात आजकै दिन। नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाज्यूको  नेतृत्वमा संविधानसभाबाट संविधान जारी भएको  ऐतिहासिक दिन।
संविधानसभाबाट  संविधान बनाउन कम्युनिस्ट प्रधानमन्त्रीहरू पटक पटक विफल भएपछि कांग्रेसलेनै देशलाई संविधान दिन सफल भयो। संविधानको कार्यान्वयन पनि कांग्रेसकै सभापति शेरबहादर देउवाले शुरू गर्नुभयो। त्यसैले पनि संविधानको सबै भन्दा धेरै अपनत्व र सफल कार्यान्वयनका लागि नेपाली कांग्रेस गम्भीर छ। 

संघीयता, समावेशिता धर्मनिपरेक्षता जस्ता परिवर्तनका मुद्दाहरूलाई सम्बोधन गर्ने गरि बनेको संविधानले वास्तविक परिवर्तनको अनुभूति गराएको छ। नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सफल कार्यान्वयन गर्नुको अर्को विकल्प छैन। संविधानको सफल कार्यान्वयनमार्फत देशलाई स्थायित्व र समृद्धिको बाटोमा लैजान नेपालका कम्युनिस्ट पार्टीहरूले सक्दैनन् भन्ने विगतले देखाइसकेको छ। 

देशलाई स्थायित्व र समृद्धिको मार्गका लैजान  नेपाली  कांग्रेसले मात्रै सक्छ। त्यसका लागि सक्षम र सुदृढ कांग्रेस बनाउनुपर्नेछ । दृढ इच्छा शक्ति र दृष्टिकोसहितको नेतृत्व कांग्रेसलाई आवश्यक छ । नेपाली कांग्रेसको १४ ओैं महाधिवेशनमार्फत  त्यस्तै सक्षम नेतृत्व छान्न पनि म अपील गर्दछु  । 

संविधान दिवस र इन्द्र जात्राको अवसरमा सबैमा हार्दिक  शुभकामना ब्यक्त गर्दछु । 

प्रकाशमान सिंह
नेता, नेपाली कांग्रेस

Logo