भारतमा रहेर एमाले फुटाउन भूमिका खेल्नेले पनि पदक पाएः नेम्वाङ

भारतमा रहेर एमाले फुटाउन भूमिका खेल्नेले पनि पदक पाएः नेम्वाङ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले पार्टी फुटाउने र ओली सरकारविरूद्ध मुद्दा लड्नेले पनि पदक पाएको टिप्पणी गरेका छन्।

संविधान दिवसका अवसर पारेर नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा उनले पार्टी फुटाउने र केपी शर्मा ओली सरकारविरूद्ध मुद्दा लड्नेले मेडल पाएको तर नाम थाहा नभएको ककसले पाएं भन्दै व्यंग गरेका हुन्।

‘केपी ओलीको सरकारको विरूद्धमा मुद्दा लगाउने साथीहरूले मेडल पाउनु भएछ। सँगसँगै परमादेशबाट सरकार स्थापित भएको घोषणा गर्ने अदालतका सम्बन्धित न्यायाधीशहरू र त्यो सरकारको विरूद्धमा मुद्दा दर्ता गर्ने मुद्दावालाहरू त्यसका पक्षहरू, उहाँहरूले मेडल पाउनुभएछ । महत्वपूर्ण मेडल।’

नेम्वाङले पूर्व एमालेका पूर्व अध्यक्ष, पुर्वप्रधानमन्त्री तया बर्तमान नेकपा एस पार्टीका वरिष्ठ नेता झलनाथ खनालको पनि टिप्पणी गरेका छन्,।

उनले भारतमा रहेर पनि पार्टी फुटाउन भूमिका खेलेका एक जनाले पनि मेडल पाएको बताए। 

उपचारका लागि झलनाथ खनाल भारतमा थिए, त्यसबेला नेकपा एमाले विभाजित भएको थियो।

नेम्वाङले खनाललाई लक्षित गर्दै भारतमा रहेका एक नेता भनेका थिए।

‘एक जना साथी दिल्लीमा हुनुहुन्थ्यो। दिल्लीबाटै पार्टी फुटाउन भूमिका खेल्नुभयो, उहाँले मेडल पाउनुभएछ। दुई जना नेताहरू यहीँ क्रियाशील हुनुहुन्थ्यो, उहाँहरूका परिवारका महत्वपूर्ण सदस्यले मेडल पाउनुभएछ,’ उनले भने, ‘म व्यक्तिगत रूपमा टिप्पणी गर्दिनँ। पार्टी र सरकारको विरूद्धमा मुद्दा लगाउने साथीहरूले मेडल पाउनुभएछ।’

त्यस्तै नेम्वाङले पार्टी फुटाउन क्रियाशील भएर लागेका परिवारका सदस्य भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई इंगित गरेका हुन्।

प्रचण्ड पत्नीले पनि राष्ट्रपतिबाट प्रसिद्द प्रबल जनसेवा श्री पदक पाएकी छिन्। झलनाथ खनालले राष्ट गौरब पदक पाएका छन् ।

Logo