संविधानले जनतालाई नै शासन सत्ताको केन्द्रमा राखेको छः डा शेखर कोइराला

संविधानले जनतालाई नै शासन सत्ताको केन्द्रमा राखेको छः डा शेखर कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानले नेपाली जनतालाई नै शासन सत्ताको केन्द्रमा राखेको बताएका छन् ।

उनले आइतबार संविधान दिवसको अवसर पारेर शुभकामना सन्देश दिने क्रममा उक्त अभिब्यक्ति दिएका हुन् ।  उनले शुभकामना सन्देशमा भनेका छन्, “संविधानले जनताका नैसर्गिक अधिकारहरूलाई प्रत्याभूत गर्दै सबै वर्ग, क्षेत्र र समुदायको विविधता र विशेषताका समग्र आयामहरूको सुरक्षा प्रदान गर्दै जनतालाई नै शासन सत्ताको केन्द्रमा राखेको छ भने लोकतन्त्रको आधारभूत मान्यताहरूको जगमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिको लागि मार्ग प्रशस्त गरेको छ ।”

कोइरालाले संविधानमा आएका र आउन सक्ने कठिनाइ तथा चुनौतीलाई साझा प्रयत्नबाट निरुत्साहित गर्दै सबल, समृद्ध, समावेशी र उन्नत नेपाल निर्माण गर्ने कार्यमा क्रियाशील रहन अभिप्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
 

हेर्नुहोस् शुभकामना सन्देश

Logo