विभूषण आफैले लज्जा मान्ने दिन आए, बोल्न सक्ने भए उफ्रिन्थेः केपी ओली

विभूषण आफैले लज्जा मान्ने दिन आए, बोल्न सक्ने भए उफ्रिन्थेः केपी ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसलाई जनताले आफ्नो दिवस ठान्नुपर्नेमा सरकारले त्यो प्रत्याभूत गराउनु पर्नेमा बा र श्रीमतीलाई सम्मान गर्दै हिँडेको टिप्पणी गरेका छन्।

उनले यसअघि पनि आफ्नो छोरालाई सम्मान, अर्काका छोरीलाई सम्मान, अर्काका छोरा, छोरी महान समाजसेवी भन्दै पदक बाँडेको आरोप लगाए।

अध्यक्ष ओलीले आफूले यस्तो देख्दा र यसबारे बोल्न पनि लाज लाग्ने बताए।

संविधान दिवसको दिन त संविधान ल्याएकोमा, लोकतन्त्र ल्याएकोमा यो सफलता पाएकोमा सहिद परिवारले गर्व गर्न पाउनु पर्नेमा, घाईतेहरूले सम्मानित हुन पाउनु पर्नेमा बाउ र श्रीमतीलाई पदक बाँडिएको छ।’

उनको प्रश्न थियो,‘आज बाउको मुख हेर्ने दिन हो ?, श्रीमतीको मुख हेर्ने दिन हो ?छोरा छोरीको मुख हेर्ने दिन हो ? कस्तो लालसा, कस्तो भोक, कस्तो आकांक्षा, कस्तो अतृप्त ? 

उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई इंगित गर्दै माधव नेपाल बाहिर गफ गर्न जतिपनि सक्ने तर, भित्र लोभी, लालची रहेको बताए।

त्यस्तै ओलीले विभूषण आफैले लज्जा मानेको टिप्पणी गरेका छन्, ‘हेर्नुहोस् त ती मानपदवीहरू कस्ता कस्ताको घाँटीमा झुन्डिने भइयो । विचरा ती विभूषणले लज्जा मानेका, विचरा लजाइरहेका छन् ।’

ओलीले भने,‘बोल्न सक्ने भए उफ्रिन्थ्ये ती तर, विचरा बोल्न सक्दैनन्।’

त्यस्तै ओलीले संचारकर्मी र संचारमाध्यमहरूलाई पनि टिप्पणी गरेका छन्।

उनले भने,‘अघिल्लो सरकारले गरेको लोकप्रिय कामका बारे समाचार बनाउँदै नवनाउने, लोकप्रिय सरकारको खोइरो खन्ने, निराधार समाचार बनाउने केही संचारमाध्यमका मालिक र संचारकर्मीहरूले यत्रो बडेमानको पदक पाएका छन्।’

ओलीले फेरि थपे,‘बरु एक खोज पत्रकार, खोजी गरेर समाचार बनाउने पत्रकारिताको धर्म बुझेको र पत्रकारिता ईमान्दारिताका साथ गरिरहेको एक जनालाई सम्मान गरेको भए हुन्थ्यो नि?’ अब झगडियाहरू सम्मानित, मुद्दा हाल्नेहरू सम्मनित, तथानाम बहस गर्ने सम्मानित । जे पायो त्यही बोल्ने सम्मानित, २ चार जना बढी बोल्नेहरू छुटेछन् क्यारे उनीहरूलाई पनि सम्मानित गरेको भए हुन्थ्यो नि।’

    

Logo