केपी ओली न आँखा देख्छन्, न सोच्ने शक्ति छः मुकुन्द न्यौपाने

केपी ओली न आँखा देख्छन्, न सोच्ने शक्ति छः मुकुन्द न्यौपाने

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी समिति सदस्य मुकुन्द न्यौपानेले नेकपा एमाले अध्यक्ष केपी ओलीमा आँखाको समस्या रहेको बताएका छन्।

उनले अध्यक्ष ओलीको सोच्ने शक्ति पनि नरहेको दाबी गरेका छन्। सामाजिक संजाल फेसबुकमार्फत् न्यौपानेले अध्यक्ष ओलीको भाषणमा ताली बजाउनेहरूको पनि ज्ञानको धरातल नभएको जिकिर गरेका छन्।

न्यौपानेले ओलीले गरेका पछिल्लो केही अन्तरवार्तामा प्रयोग भएका शब्द र उनले संबोधन गरेपछि बज्ने गड्गडाहट तालीप्रति लक्षित गर्दै त्यस्तो टिप्पणी गरेका हुन्।

न्यौपानेले भनेका छन्,‘केपी ओलीको सोच्ने शक्ति कति छ, उनको भाषणमा ताली बजाउनेहरू ज्ञानको धरातल कहाँ छ? यहीँबाट थाहा हुन्छ।’ 

ओलीले केही दिन अघि एक सार्वजानिक कार्यक्रममा भनेका थिए,‘माओवादीका अध्यक्ष प्रचण्ड आकाशमा उड्ने प्लेनजस्ता हुन्। नजिकै हँुदा प्लेन ठूलो देखिन्छ, उड्दै–उड्दै गएपछि सानो सानो हँुदै जान्छ र आकाशमा विलाउँछ। प्रचण्ड र माओवादी पार्टी पनि त्यसैगरी बिलाउँछन्।’

त्यसैको टिप्पणी गर्दै उनले भने,‘दुई–दुई पटक प्रधानमन्त्री भएका मानिसले सामान्य विज्ञानको नियमलाई न बुझ्नु कति हास्यास्पद कुरा हुन सक्छ। प्लेन नदेखिनुमा प्लेनको समस्या हो कि केपी ओलीको आँखामा समस्या हो? मानिसले कसरी देख्छ ? 

जब सूर्यको किरणको रिफ्याल्क्स आँखामा पर्छ, तब मानिसले आँखा देख्छ। सूर्य अस्ताएपछि सूर्यको किरण हराउँछ, अन्धकार छाउँछ र मानिसले आँखा देख्दैन। त्यस्तै कुनै बस्तु मानिसको आँखाको ज्योतिको क्षमताभन्दा टाढा हुन्छ, त्यो बस्तु आँखाले देखिदैन । यसैकारण विज्ञानले दुर्विन बनायो। 

यदि केपी ओलीजस्ता चिन्तक र तल उफ्रि उफ्रि ताली बजाउने समर्थकहरूको बहकाउमा वैज्ञानिकहरू हिँडेको भए न यो संसारमा दुर्विनको उत्पादन हुन्थ्यो, न त आकाशमा उड्दै विलाउने मानिस नै चढ्थे ।

 

Logo