ओमानमा नेपाली क्रिकेट टिमले मनाए संविधान दिवस

ओमानमा नेपाली क्रिकेट टिमले मनाए संविधान दिवस

केन्द्रबिन्दु
0
Shares

ओमानमा नेपाली क्रिकेट टिमले संविधान दिवस मनाएको छ । 

ओमानको अल अमारतस्थित क्रिकेट मैदानमा आइतबार ओमानविरुद्धको खेलअघि नेपाली टोलीले केक काटेर संविधान दिवस मनाएको हो ।

ओमानका लागि नेपालका राजदुत शर्मिला पराजुली ढकाल, ओमान क्रिकेट संघका प्रमुख पंकज खिमजी र उपकप्तान दीपेन्द्र सिंह ऐरीले केक काटेका थिए ।

नेपाल कप्तान ज्ञानेन्द्र मल्लको बुबाको निधन भएको एक वर्ष नपुगेका कारण उनी साथमा उभिएका मात्र थिए । केकमा नेपाल र ओमानको झण्डा बनाइएको थियो ।

 ओमानका लागि नेपालका राजदुत शर्मिला पराजुली ढकालले नेपाली टोलीलाई संविधान दिवसको शुभकामना दिनुका साथै आजको खेलमा जितका लागि शुभकामना दिएकी थिइन् ।

कार्यक्रममा ओमान क्रिकेट संघका प्रमुख पंकज खिम्जीबाहेक ओमान क्रिकेट संघका उच्च पदाधिकारी, अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी) का पदाधिकारी र ओमान क्रिकेट टिमका खेलाडीहरुको उपस्थिति थियो ।

यसबाहेक संविधान दिवसको अवसरमा शनिबार साझ नेपालको राजदुतावास परिसरमा दिप प्रज्वलन गरिएको थियो । साथै आजै बिहान राजदुतावासमा रातदुत शर्मिला पराजुली ढकालले नेपालको झन्डा झन्डोत्तोलन गरेकी थिइन् ।

त्यस्तै नेपाल र ओमानबीचको खेल हेर्न क्रिकेट मैदान आइपुगेका दर्शकलाई लन्च बक्स वितरण गरिएको थियो ।

Logo