एमसीसीविरुद्ध टिप्पणी गर्नेमाथि कुनै कारवाही नगर्न सर्वोच्चको आदेश

एमसीसीविरुद्ध टिप्पणी गर्नेमाथि कुनै कारवाही नगर्न सर्वोच्चको आदेश

केन्द्रबिन्दु
0
Shares

एमसीसीविरुद्ध टिप्पणी गर्नेमाथि कुनै कारवाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

एमसीसी र भारतसँगको सम्बन्धका विषयमा नकारात्मक टिप्पणी भएको भन्दै मित्रराष्ट्रविरुद्ध गतिविधि गर्नेमाथि कारवाहीको चेतावनी दिदै गृहमन्त्रालयले भदौ १८–१९ गते लगातार दुई विज्ञप्तिमार्फत चेतावनी दिएको थियो ।

सोे विज्ञप्तिका आधारमा कसैमाथि कारवाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले भदौ १८ गतेको गृहमन्त्रालयको विज्ञप्तिको आधारमा कसैलाई कारवाही नगर्नू नगराउनू भनी आदेश दिएको हो ।

संविधानको धारा १७ ले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको र त्यसअन्तर्गत सकारात्मक, नकारात्मक र समीक्षात्मक टिप्पणी पर्ने हुँदा कसैलाई कारवाही नगर्न अदालतले आदेश दिएको छ ।

गृह मन्त्रालयका दुईवटा विज्ञप्तिले अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै नेपाली पार्टीको तर्फबाट अधिवक्ता प्रवेश केसीले रिट दायर गरेका थिए ।

 

Logo