एमाले स्थायी कमिटी बैठकः के-के भए निर्णय?

एमाले स्थायी कमिटी बैठकः के-के भए निर्णय?

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने तीनवटा प्रतिवेदनमाथि छलफल गरेको छ।

सोमबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका तीन प्रतिवेदनमाथि छलफल गरेको हो। बैठकपछि नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थायी कमिटीका सदस्यहरुले विधान संशोधन सम्बन्धी प्रस्ताव, संगठन सम्बन्धी प्रश्ताव, साथै राजनीतिक प्रतिवेदन सम्बन्धी प्रस्तावमा सुझाव दिएको बताए। उनले स्थायी कमिटीले दिएका सुझावहरुलाई समेटेर असोज ८ र ९ गते बस्ने केन्द्रिय कमिटीको बैठकमा राखिने र केन्द्रिय कमिटीमा आएका सुझावहरुलाई समेटेर असोज १५, १६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने निर्णय गरिएको बताए। बैठकले सबै पदाधिकारीहरु हलबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रस्ताव गरेको पनि उनले बताए।

विभाग प्रमुख भट्टराईले अब विधान राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्ने बताए। उनले अबको काम भनेको प्रतिनिधिहरुको नामावली तयार गर्ने, व्यवस्थापन लगायतका काममा केन्द्रित भएर विधान राष्ट्रिय महाधिवेशनलाई भव्यताका साथ लागि पर्नेमा जोड दिने स्थायी कमिटीले निर्णय गरेको बताए। आइतवारदेखि चलेको पार्टीको केन्द्रिय कमिटीको बैठक सोमवार सम्पन्न भएको छ।

Logo