कुलमानको नियुक्तिविरुद्धको रिट प्रधानन्यायाधीश जबराको इजलासमा

कुलमानको नियुक्तिविरुद्धको रिट प्रधानन्यायाधीश जबराको इजलासमा

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा जाने भएको छ।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई प्राधिकरण प्रमुखमा नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। उक्त रिट प्रधान न्यायाधीश जबराले आफ्नै इजलासमा राखेका हुन्।

यसअघि पनि सुनुवाइ हुन नसकेको उक्त रिटको पेसी तोक्ने क्रममा प्रधानन्यायाधीश जबराले आफ्नै इजलासमा राखेका थिए।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक शाक्यले आफूलाई गैरकानुनी रूपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै कुलमानको नियुक्ति बदरको माग गर्दै गत साउन ३२ गते सर्वोच्च अदालतमा रिट दायर गराएका थिए।

Logo