भ्रष्टाचार र ब्रम्हलुटलाई सरकारले वैधानिकता दिएकाे छ: कमल थापा

भ्रष्टाचार र ब्रम्हलुटलाई सरकारले वैधानिकता दिएकाे छ: कमल थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार र ब्रम्हलुटलाई सरकारले वैधानिकता प्रदान गरेको आराेप लगाएका छन्। सामाजिक संजाल मार्फत थापाले यस्ताे बताएका हुन्।

उनले पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता प्रदान गरेको भन्दै अकुत कालो धनलाई चोख्याउने सरकारको निर्णयको विरोध गरेका छन्।

‘पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर वर्तमान अपवित्र गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको छ,’ उनले सामाजिक संजालमा भनेका छन्, ‘भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको यस निर्णयको बिरोध र भर्त्सना गर्दछु। यो निर्णय तत्काल फिर्ता गरियोस्।’

Logo