शेखर कोइरालाद्वारा देउवाले कार्यकर्तालाई अन्योलमा राखेर पार्टी चलाएको आरोप

शेखर कोइरालाद्वारा देउवाले कार्यकर्तालाई अन्योलमा राखेर पार्टी चलाएको आरोप

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवामाथि कार्यकर्तालाई अन्योलमा राखेर पार्टी चलाएको आरोप लगाएका छन् । 

नेता कोइरालाले मंगलबार आफ्नै निवासमा गरेको पत्रकार सम्मेलनमा अन्य जिल्लाहरूमा वडा अधिवेशन सम्पन्न हुँदै गर्दा बाँकी १३ वटा जिल्लामा क्रियाशील सदस्यको सूची सार्वजनिक नगरेर कार्यकर्तालाई अन्योलमा पारेको आरोप लगाएका हुन् । 

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, “कार्यकर्ताहरू नेताहरूको दास त होइनन्, कति दिनसम्म कार्यकर्तालाई अन्योलमा राख्ने ?,”  नेता कोइरालाले थपे , “कार्यकर्तालाई अन्योलमा राखेर पार्टी सञ्चालन गर्छु भन्ने गलत सोच अझै नेताहरूले किन राखिरहनु भएको छ ?”

“अझै कति दिन लाग्छ त्यो त कार्यकर्ताहरूलाई भनिदिनु पर्यो नि, ” उनले १३ जिल्लाको क्रियाशील सदस्यता विवादलाई इंकित गर्दै भने, “पार्टी सभापति शेरबहादुर देउवाजीले के हेरेर बस्नुभएको छ ? त्यति भन्न सक्नुहुन्न । कार्यकर्ताहरूलाई अन्योलमा राखी राख्ने ?”

Logo