राष्ट्रिय सभाको बैठक ७ असोजमा बस्ने

राष्ट्रिय सभाको बैठक ७ असोजमा बस्ने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाको अर्काे बैठक ७ असोजमा बस्ने भएको छ । मंगलबारको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको हो। 

एमाले सांसदले बैठक चल्न नसक्ने बताए पनि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए ।

सो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । र सो प्रस्तावमाथिको छलफल ७ असोजलाई मिति तोकेका सभाध्यक्ष तिमिल्सिनाले अर्काे बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् । 

मंगलबार बसेको पहिलो बैठकमा एमालेका सांसदहरूले अवरोध सृजना गरेका थिए । त्यसपछि बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको थियो । 

दोस्रो बैठकलाई एमाले सांसदहरूले उठेर अवरोध सृजना गरे पनि कार्यसूचीमा प्रवेश गराएर प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरिएको हो । न्युज कारखाना 

Logo