सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

केन्द्रबिन्दु
0
Shares

देउवा क्याबिनेटको बैठक सकिएलगत्तै सत्ता गठबन्धनका पाँच दलको बैठक बस्ने भएको छ ।हाल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठक सकिएसँगै सत्तापक्षीय गठबन्धनको बैठक बस्ने तयारी रहेको बताइएको छ ।

यस अघि आज बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा भएका राजदूतहरूको नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीका निजी सचिव भानु देउवाका अनुसार सत्तापक्षीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी रहेको छ । छलफलको मुख्य एजेन्डामा मन्त्रिपरिषद् विस्तार रहेको छ । 

सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशबाट गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले कार्यभार सम्हालेको दुई महिनाभन्दा बढी भइसक्दा समेत मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । 

हाल देउवाको मन्त्रिमण्डलमा प्रधानमन्त्री देउवा र एक राज्यमन्त्रीसहित ६ जना मन्त्रीहरू रहेका छन् । बाँकी रहेका मन्त्रालयको जिम्मेवारी देउवा आफैले सम्हाल्दै आएका छन् ।
 

Logo