मण्डनदेउपुरका सबै वडामा कांग्रेसकाे वडा अधिवेशन सम्पन्न, कार्यसमिति निर्विरोध चयन

मण्डनदेउपुरका सबै वडामा कांग्रेसकाे वडा अधिवेशन सम्पन्न, कार्यसमिति निर्विरोध चयन

केन्द्रबिन्दु
0
Shares

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा नेपाली कांग्रेसले १२ वटै वडामा वडा अधिवेशन सम्पन्न गरेकाे छ। मंगलबार सम्पन्न अधिवेशनबाट सभापति तथा क्षेत्रीय प्रतिनिधी निर्विरोध निर्वाचित भएका छन्। 

आज भएको मतदान प्रकृयाबाट वडा नं १ सभापति सुमन तामाङ, वडा नं २ राजकुमार मल्ल, वडा नं ३ रेणु बजागाईं, वडा नं ४ धुव्र तिमल्सिना, वडा नं ५ सागर लामिछाने र वडा नं ६ कुमार ढकाल निर्वाचित भएका छन्।

यस्तै वडा नं ७ मा नारायण सापकोटा, वडा नं ८ तिलक गुरागाई वडा नं ९ मा माधव नेपाल, वडा नं १० मा हरिबहादुर श्रेष्ठ, वडा नं ११ मा ११ दिपेन्द्र तामाङ र वडा नं १२ मा ज्ञानेन्द्र पराजुली निर्विरोध निर्वाचित भएका हुन्। जिल्लाका १३५ वडामै आज वडा अधिवेशन भएकाे हाे।

Logo