परराष्ट्र मन्त्री नियुक्तिले देउवासँग रामचन्द्र पौडेलको तीब्र असन्तुष्टि, छुट्टै बैठक बस्दै

परराष्ट्र मन्त्री नियुक्तिले देउवासँग रामचन्द्र पौडेलको तीब्र असन्तुष्टि, छुट्टै बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्ति गरेसँगै कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । 

यससँगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो खेमाको बैठक बोलाएको छ । 

सभापति देउवाले बुधवार ३ बजेका लागि पदाधिकारी बैठक बोलाएसँगै १ बजे नै  महाराजगन्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा पौडेल पक्षको बैठक बोलाइएको हो  ।  

यसअघि पनि देउवाले आफू पक्षीय नेतालाई मात्र मन्त्री बनाएको भन्दै असन्तुष्टी जनाउँदै आएको पौडेल पक्षले प्रधानमन्त्री देउवाले नेता डा खड्कालाई परराष्ट्र मन्त्री बनाएपछि आन्तरिक छलफलमा जुट्न तयारी गरेको हो ।  

कांग्रेसबाट सरकारमा सहभागी हुने नेताहरूमा देउवा निकट बालकृष्ण खाण, ज्ञानेन्द्र कार्की, उमेश श्रेष्ठ रहेका छन् । 

परराष्ट्र मन्त्रीका लागि पौडेल पक्षबाट सुजाता कोइराला र मिनेन्द्र रिजालको दाबी रहँदै आएको थियो ।
 

Logo