नवनियुक्तमन्त्री खड्काद्वारा पदभार ग्रहण, आजै न्यूयोर्क जाने

नवनियुक्तमन्त्री खड्काद्वारा पदभार ग्रहण, आजै न्यूयोर्क जाने

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त परराष्ट्र मन्त्री डा. नारायण खड्काले बुधवार परराष्ट्र मन्त्रालयमा गएर पदभार ग्रहण गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको कार्यालय पुगेर खड्काले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गरेसँगै खड्काले संयुक्त राष्ट्रसंघको महासभामा बिशुद्ध रुपमा सहभागी हुने र एमसीसी सम्बन्धी कुनै पनि एजेन्डा लिएर उक्त सभामा सहभागी नहुने बताएका छन् । 

मन्त्री खड्काले महासभाबाट  फर्किएपछि राजदूत नियुक्तिको थप प्रक्रिया सुरु गर्ने बताएका छन् । मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आजै संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिन न्यूयोर्क जाने तयारी रहेको छ ।

Logo