भोलि पनि संसदमा अवरोध जारी हुन्छ: शेरबहादुर तामाङ

भोलि पनि संसदमा अवरोध जारी हुन्छ: शेरबहादुर तामाङ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले भोलि पनि संसद् अवरोध गर्ने भएको छ । नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव तथा पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले भोलि पनि संसद्मा अवरोध कायम नै हुने बताएका छन् । 

“भोलिपनि संसद्माअवरोध कायम नै हुन्छ ।” केन्द्रविन्दुसँगको कुराकानीमा पूर्व मन्त्री तामाङले भने, “हामीलाई अवज्ञा गर्दै संसद्लाई अघि बढाउने काम भइरहेको छ । यी सबै बदर भएअघि बढ्ने स्थिति बन्छ ।”

हालसम्म सत्तापक्ष वा सभामुखबाट विवाद समाधानका निम्ति कुनै पनि किसिमको पहल नभएको बताउँदै उनले भने, “अहिलेसम्म छलफलमा जुट्न कुनै पनि किसिमको पहल भएको छैन । सत्तापक्षले सहमतिका लागि पहल गरेमा हामी त्यसका लागि सकारात्मक छौँ ।”
 

Logo